
कलैया । बारा सदरमुकाम कलैयामा सुबिधा सम्पन्न राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि.को उदघाटन भएको छ । कलैया जिल्ला अस्पताल नजिकै बेलपाती मन्दिर अगाडि सो अस्पताल आजदेखी सन्चालनमा आएको छ ।
बारा जिल्ला भौगोलिक तथा जन सान्ख्यीक हिसाबले समेत ठूलो भएता पनि स्वास्थ छेत्रमा उल्लेख्य बिकास नभएकोले बाराली जनता दुखेसो पोख्दै आएकोमा सो लाई ध्यान दिदै आफुले सबै खालका उपचार गर्ने गरि हस्पिटल सन्चालनमा ल्याएको हस्पिटलका सन्चालक अध्यक्ष बिजय कुमार साहले बताउनुभयो । साहले कलैयामा राम्रो अस्पताल नहुदा आफुले आफ्नै आमालाई गुमाएको तितो सत्यलाई अनुभव गरेकाले त्यसरी अरु कोइ जनताले सहि उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर अस्पताल संचालन गरेको बताएका छन ।
यो अस्पतालले कुन कुन सेवा दिने भन्ने प्रशनमा साहले ईमर्जेन्सी सेवा,आईसियु,एन आईसियु,भेन्टिलेटर,अपरेशन थिएटर,प्रसुती सेवा,बाल रोग सेवा,मुटु रोग सम्बन्धि उपचार लगायतका सेवा सहज रुपमा आम जनताले पाउने बताए । साहले अहिले १५ सैयाबाट सेवा शुरु गरेको अस्पतालको सम्पुर्ण बेडमा अक्सिजन सेवा दिने गरि ब्यवस्थापन गरिएको बताए ।
सबै उच्च कोटिको प्याथोलोजी ल्याब समेत रहेको सो अस्पतालले सबै बिरामिको पहिलो रोजाई बन्ने आफुहरुले बिश्वास लिएको बक्ताहरुले बताए । सन्चालक साहले यस अस्पतालमा आउने बिपन्न एवम सुरक्षाकर्मिका लागि विशेष छुट दिने पनि घोषणा गरेका छन । सो उदघाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले यो अस्पताल आफैमा गौरबमय भएको बताउदै सन्चालनका निम्ति उपमहानगर द्वारा आवस्यक सहयोग दिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल कोभिडको तेश्रो भेरिएन्ट आईरहेका बेला भेन्टिलेटर सहितको अस्पताल सन्चालनमा आउनु आफैमा महत्वका साथ हेरिने भएकोले सन्चालकलाई धन्यवाद दिदै आवस्यक सहयोग गर्ने बिश्वास दिलाए। सोही अवसरमा मधेसी आयोगका सद्स्य जिवछ साहले युवाले यस्तो बेला यश प्रकारको हिम्मत देखाएर मानव सेवाका लागि अस्पताल खोल्नु महान कार्य भएको बताए ।
सन्चालक साहका पिता पुर्व स्वास्थ्यकर्मी राजदेव साहले एक कार्यक्रमका बिच रिबन काटेर अस्पतालको उदघाटन गरेका थिए । सो अवसरमा मधेसी आयोगका सदस्य जिवछ साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादब,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,प्रहरी उपरीक्षक दिपेन्द्र शाही,रास्ट्रीय अनुसन्धानका एसपी रिबन गच्छदार, शसस्त्र प्रहरी नायब उपरीक्षक सन्जिव पाण्डे,करैयामाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादब,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जट्टाशन्कर सहनी ,कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयस्वाल, समाजसेवी सुरेश मोदक,अन्तरास्ट्रिय खेलाडी समसाद मन्सूर,तरकारी फलफूल तथा खुद्रा ब्यवसायी संघ कलैयाका अध्यक्ष दिपलाल साह,मेलानका जिल्ला अध्यक्ष अजय साह,गढिमाई महेन्द्र नमुना माबि बरियारपुरका अध्यक्ष दिप कुमार गुप्ता लगायत स्वास्थ्यकर्मी तथा समाजसेवी सहित स्थानियहरुको उपस्थिति रहेको थियो ।
नेपाल छय रोग निवारण सन्स्था बाराका अध्यक्ष सुरेश मोदकले स्वागत गरेको कार्यक्रमलाई बाराका सन्चारकर्मी साजिर मन्सूरले सन्चालन गरेका थिए ।