कलैया । बारा मा सवारी दुर्घटना मा परि चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्ला को जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ पुर्ब पश्चिम लोक मार्ग सडक खण्डको चुरिया माई मन्दिर ओरालोमा काठमाडौँ बाट रौतहट को बंकुल तर्फ जादैँ गरेको ना.६.ख.४६४१ न.को रात्री बसको ब्रेक फेल भई सोही दिशा बाट आई रहेको बागमती प्रदेश ०३-००१ प.४११ न.को मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो । दुर्घटना हुँदा बस सडकमा पल्टिएको प्रहरी ले जनाएको छ ।

बसमा सवार २८ जना मध्ये मोटरसाइकल चालक गम्भीर घाइते भएका छन भने ८ जना सामान्य घाइते भएका छन ।
त्यस्तै दुर्घटना मा परि बस चालक मकवानपुर जिल्ला को हेटौडा उपमहानगरपालिका-८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा मृत्यु भएको प्रब्क्ता मिश्रले बताउनु भयो ।

त्यस्तै घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका – २ चौकी टोल बस्ने ३५ वर्षीय इन्द्र बहादुर कार्की ,कोल्हवी नगरपालिका – ११ बस्ने २१ वर्षीय सुरज चौधरि ,सोही ठाउँका २८ वर्षीय राम प्रवेश राम , ५७ वर्षीय देवकी पन्त , २२ वर्षीय बिहारीलाल चौधरी ,कोल्हवी नगरपालिका -१ बस्ने ३९ वर्षीय बिरेन्द्र प्रसाद चौधरी , १९ वर्षीय रोहण बहादुर अधिकारी ,रौतहटको विजयपुर नगरपालिका-१ बस्ने ३४ वर्षीय गान्धी दास रहेका छन् । घाइते मध्ये कार्की को चुरेहिल अस्पताल हेटौंडा , राम को अर्थोपेडिक अस्पताल हेटौंडा ,बिहारीलालको चितवन मेडिकल कलेज मा उपचार भैरहेको र अन्य को अवस्था सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर