कलैया । कलैयामा शुक्रवार सकारात्मक युवा क्लब र जिनियन्स डान्स एकाडेमीको आयोजनामा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बाबुलाल एकाडेमीको प्राङ्गणमा भएको निः शुल्क शिविरमा १२७ जना नागरिकले निः शुल्क आँखा जाँच गराएको आयोजकले जनाएको छ ।
किरण आँखा जाँच केन्द्र तथा चस्मा घर कलैयाको प्राविधिक सहयोगमा शिविर सञ्चालनमा ल्याइएको किरण आँखा अस्पताल वीरगञ्जका सञ्चालक एवम प्रमुख डाक्टर अमर क्यालले बताउनुभएको छ । क्यालले आफूहरु गाउँघर तथा शहर बजार र कुनै कतैको पनि नेपाली नागरिकलाई कुनै प्रकारको आँखा सम्बन्धि समस्या नहोस् भनेर निः शुल्क आँखा शिविरहरु सन्चालन गर्दै आएको बताउनुभयो ।

किरण आँखा अस्पताले छोटो समयमा सबैको मनमा बस्दै आएको बताउदै अस्पतालमा आँखा चेकजाँच सेवा सहज सुलभ र सस्तो गरिएको र यसका लागि सबै आम नागरिकले असाध्यै सहयोग गरेको क्यालले भताउनुभयो ।

राधे सप्लायर्स, गार्डेन सिटि कलेज, सरस्वती सप्लायर्स, खुशी लाईट हाउस एण्ड सप्लायर्स, जय किसान बहुमुखी सहकारी संस्था र श्री लक्ष्मी बिज भण्डार प्रायोजक रहेको शिविरमा आएका सबैले आयोजक तथा प्रायोजक एवम अस्पताल प्रशासनलाई धन्यवाद दिएका थिए ।

आयोजक संस्थाका अध्यक्ष मनिष यादवको अध्यक्षता एवम जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष सुधन तत्माको प्रमुख आतिथ्यमा भएको शिविरमा सशस्त्र प्रहरी निरीक्षक भिम निधी खनाल, बाबुलाल एकाडेमीका सञ्चालक दिपेन्द्र गुप्ता, स्थानीय भद्र भलादमी, समाजिक अगुवाहरुको उपस्थिति समेत रहेको थियो ।

दिलिप कुमार कुश्वाहाले स्वागत गरेको कार्यक्रमलाई धर्मेन्द्र साहले सञ्चालन गरेका थिए । शिविरमा आएका बिरामीलाई किरण आँखा अस्पतालका नेत्र चिकित्सकहरुले उपचार गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर