कलैया । बारामा १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

पक्राउ पर्नेमा २५ वर्षीय रुसियन साह रहेका छन् । घरमा कोही नभएको मौका छोपी साहले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताउनुभयो ।

आरोपित साहमाथि अनुसन्धान गरी जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर