कलैया । जिल्ला प्रशासन कार्यालय बाराले अफगानिस्तानमा रहेका बारालीलाई सम्पर्कमा आएर विवरण उपलब्ध गराउन आग्रह गरको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रवार एक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित राजनीतिक संकटका कारण त्यहाँ रहेका नेपाली व्यक्ति वा तिनका परिवारलाई सम्पर्कमा आएर विवरण उपलब्ध गराउन आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अफगानिस्तानमा संकट उत्पन्न भई राजधानी काबुल लगायतका क्षेत्रमा रहेका नेपालीहरुको उद्घारको क्रम जारी रहेको र अझै पनि बारा जिल्लाका कोही अफगानिस्तान गएको र अलपत्र अवस्थामा रहेका भए निजहरुको नाम, थर, सम्पर्क नम्बर इमेल, ठेगाना, गएको मिति, लैजाने एजेन्सी लगायतको समपूर्ण विवरण उपलब्ध गराउन सूचना मार्फत अनुरोध गरेका हुन् ।

त्यसैगरी पर्सा जिल्लामा पनि अफगानिस्तान गएकाहरुको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

पर्सा जिल्लाबाट औपचारिक एवम् अनौपचारिक माध्यमद्वारा रोजगारी, अध्ययन एवम् अन्य सिलसिलामा अफगानिस्तान गएको भएमा विवरण उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर