सम्पादकीय ।
अहिले बारा जिल्लाका स्थानीय तहहरुमा नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम चलिरहेको छ ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्र सुरु गरेको थियो । बारा लगायत ताप्लेजुङ, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा २०७७ चैत्र २५ गते देखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको हो ।

स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरे पाँच जनासम्मको सदस्य रहेको परिवारका लागि प्रति परिवार एक वर्षको एक लाख र पाचँ जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य थप बीस हजार रुपैयाँका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने छन् ।

तर सत्तरी वर्ष पुगेका जेष्ठ नागरिकलाई एक एकाई मानी छुट्टै बीमा गर्नुपर्ने हुन्छ । यस्तो उपचार सेवा बीमा बोर्डले तोकिदिएको अस्पतालमा मात्र लागु हुनेछ ।
बीमा गर्न प्रत्येक वडामा खटिएका दर्ता सहयोगी मार्फत सहयोग लिन सकिन्छ ।

यसरी आवद्ध भए पछि परिवारका प्रत्येक सदस्यको नाममा बीमालेख जारी हुन्छ । बीमितले प्रथम सेवा बिन्दुको रुपमा रहेको सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनु पर्नेछ । यदी अन्य उपचार आवश्यक भए प्रषण पुर्जी वा रेफर लेटरको आधारमा पठाइएको सेवा प्रदायकबाट सेवा लिनुपर्छ । तर सामान्य बाहेक आकस्मिक अवस्थामा बीमितले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्नेछन् ।

साथै बीमितले अफ्नो सेवा प्रदायक निवेदन दिई परिवर्तन गर्न सक्छन् । बीमितले यो सेवा एक वर्षको लागि प्राप्त गर्ने हो । यदी पुन नवीकरण गर्नु छ भने बीमाको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नवीकरणको लागि निवेदन दिनुपर्छ । बीमितले बीमा रकम भुक्तान गर्ने वित्तिकै सेवा पाउदैनन् । त्यसको लागि केही महिना कुर्नु पर्ने हुन्छ ।

बैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोले भदौ एक गतेबाट, साउन देखि असोजसम्मकाले मङ्सिर एक गतेबाट, कात्तिक देखि पुस महिनासम्मकाले फागुन एक गतेबाट र माघ देखि चैत महिनासम्मका दर्ता वा नवीकरण भएकोले अर्को वर्षको जेठ एक गतेबाट सेवा सुविधा पाउने छन् ।

बीमा कार्यक्रममा आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा एम्वुलेन्स सेवा दिइन्दैन । त्यसैगरी वार्षिक रुपमा बोर्डले तोके भन्दा बढी मूल्यका चस्मा, श्रवण यन्त्र, सेतो छडी, आवश्यकता बाहेकका प्लास्टिक सर्जरी, दन्तको सामान्यभन्दा बाहेका उपचारहरु पाउदैनन् ।

बीमितको एक वर्षको अवधिमा कुनै पनि रकम खर्च नभए अर्को वर्ष नवीकरण गर्दा योगदान रकममा दश प्रतिशत छुट हुन्छ ।

बीमितलाई अन्य आठ किसिमको घातक रोगको लागि थप एक लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । साथै अस्पतालको चौबीसै घण्टा औषधी बिक्री वितरण कक्षबाट औषधी समेत पाइन्छ । त्यसैले राम्रो मैकाको सदुपयोग गरौँ भोलिको स्वास्थ्य जोखिमबाट बचौँ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर