कलैया । बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं ६ मा समाजवादी युवा संघ, वडा युवा समितिको ६१ सदस्यीय समिति गठन भएको छ ।

नव गठित समितिका सबैमा सहभागीहरुले शुभकामना व्यक्त गरेका छन् । समाजवादी युवा संघको प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष सुजित पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा समिति गठन भएको सह–सचिव शेख मेहताबले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य एवम् जसपा केन्द्रीय सदस्य बच्चा राउत, विशिष्ठ अतिथि सुवर्ण गाउँपालिका अध्यक्ष तथा जसपा नेता महेन्द्र यादव, अतिथि गाउँपालिका उपाध्यक्ष तथा जसपा नेत्री बबिता यादव लगायत जसपाका नेता ज्यूुहरूको उपस्थितिमा समिति चयन एवम् गठन गरिएको समाजवादी युवा संघका प्रदेश मुख्य–सचिव ओम यादव मनिशले बताएका छन् ।

शेख जबिउल्लाहको अध्यक्षतामा समिति गठन भएको हो । नव गठित पदाधिकारी लगायत अन्य सबै सदस्य उर्जाका साथ–साथै पार्टीको विचार बिधि एवम् सिद्धान्तलाई जनतामाझ पुर्याउन नेताहरुले विश्वास लिएका छन् ।

जसपा युवा शक्ति निरन्तर संगठित, व्यवस्थित र संघर्षरत हुदै अघि बढौं भनेर नेताहरुले युवा नेताहरुलाई निर्देशन समेत दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर