
सन्दिप यादव । देवताल गाउँपालिका वडा नं १ को बड्की फुलवरियास्थित श्री ब्रहम बाबाको मन्दिरको निर्माण कार्य सम्पन्न भई देव स्थापना तथा प्राण प्रतिष्ठा पूजा शनिवार पूरा भएको छ ।
गाउँको प्रमुख देवता ब्रहम बाबाको मन्दिर करिब बिस वर्ष देखि अर्ध निर्मित रहेको थियो । स्थानीय रामकृष्ण पाण्डेय र जय किसुन कुशवाहाले चन्दा संकलन गरेर निर्माण प्रकिया अगाडि बढाउदै गर्दा नेपाली विद्यार्थीसँगका प्रभात सिंहको सहयोगमा गाउँपालिका अध्यक्ष चन्दन सिंहले निर्माण कार्य गाउँपालिकाले गर्ने बताएका थिए ।
सोही वचन अनुरुप शनिवार परम्परा अनुसार देवताको पुजा प्रत्येक वर्ष झै साउनको पुर्णवासिमा हुने भएकोले आजै स्थापना र प्राण प्रतिष्ठा सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष पूजामा आउन नसके पनि स्थानीयहरुले अध्यक्ष सिंह प्रति अत्यन्तै खुसी व्यक्त गरेका थिए ।
पूजामा स्थानीय नेता, समाजसेवी, पत्रकार, युवा तथा विद्यार्थी लगायत अन्यको व्यापक उपस्थिति रहेको थियो ।