
कलैया । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज बिहान ११ बजे ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको नेता सुर्य थापाले बताउनु भयो ।
उनले पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा विशेष पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
मंगलबारको पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न र समसामयिक विषयहरूमा पत्रकार सम्मेलन गर्न लागिएको नेता थापा ले बताउनु भयो ।