
वीरगञ्ज । पर्सा मा चोरी गर्दै गरेको मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं.१३ तेजारथ टोल बस्ने बर्ष ३१ को सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना २२ प ५७५० नम्बरको कालो रंगको पल्सर मोटरसाइकल चोरी गर्दै भाग्दै गरेको अवस्थामा मोटरसाइकल धनीको सहयोगमा प्रहरी ले एक जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने मा वीरगञ्ज महानगरपालिका वडा नं.१४ पिपरा बस्ने बर्ष २८ को राधे पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले बताउनु भयो ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले उक्त मोटरसाइकल र पटेललाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रब्क्ता खनालले बताउनु भयो ।