काठमाडौँ । काठमाडौँ उपत्यकामा भोलि देखि निषेधाज्ञा हटाइएको छ। उपत्यकाका तीन जिल्ला को सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गरेको जारी सूचना मा भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।
उक्त सूचनामा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने भनिएको छ । सन्चालन गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासन कार्यालय ले जनाएको छ ।स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन प्रशासन ले अनुरोध गरेको छ ।