कलैया ।पर्सा मा कोरोना सन्क्रमित एक जना को मृत्यु भएको छ ।

पर्सा को नारायणी अस्पतालमा उपचाररत ३३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो  । मृत्यु हुने मा जिल्ला को पोखरिया नगरपालिका वडा नम्बर १ निवासी ३३ वर्षीय पुरुष रहेका छन् ।

गम्भीर किसिमको कोभिड निमोनिया भएका पुरुषको  बिहिवार बिहान पौने २ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले बताउनु भयो ।

उनी भदौं १० गते अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएकै दिन उनको कोभिड परिक्षण गर्दा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर