कलैया ।बारा प्रहरी ले मोटरसाइकल चोरी गर्ने एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने वर्ष २२ को सुरज राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

प्रसौनी गाउँपालिका वडा नं.४ खुटवा टोल स्थित महबुब मियाँ अंसारीको घरको बरण्डामा राखिएको ना ३६ प ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल भदौ १६ गते चोरी भएको थियो ।

प्रहरी ले जिल्ला बाहिर जाने नाका समेत सिल गरी चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्ति लाई नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो । पक्राउ परेका सुरज लाई चोरी मुद्दामा जिल्ला अदालत बारा बाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर