कलैया । कलैया उपमहानगपालिका का महिला कर्मचारीले आज आउदै गरेको महिलाहरुको महान पर्व तिज को अवसरमा दर खाने कार्यक्रमको आयोजना गरेका छन ।

कलैया उपमहानगरपालिकाको प्राङ्गणमा शुक्रवार कार्यालय समय सकेपछी तिज मिलन कार्यक्रम सङ्गै दर खाने कार्यक्रमको आयोजना गरिएको उपमहानगरको लेखा प्रमुख दिब्या सरार्फले बताईन । सरार्फले सबै दिदिबहिनीले बर्ष भरिमा भोगेका तिता सम्झनालाई बिर्सिने हिसाबले एक आपसमा महिला हरु सहभागी भएर ती दुखहरुलाई बिर्सन नाचगान गर्दै यो पर्व मनाउने गरिएको बताईन ।

सबै महिला कर्मचारीले बर्ष भरिको दुख पीडा आदि बिर्सेर रमाईलो गर्दै तिज को अवसरमा सुभकामना आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख राजेश राय यादवले बताउनुभयो । यादवले यस्तो प्रकारको कार्यक्रमले उपमहानगरपालिका का सबै महिला कर्मचारीको मनोबल बढ्ने र सबैमा आपसी सहयोग को भावना वृद्धि गर्ने बताउदै सबैमा सुभकामना ब्यक्त गर्नु भयो ।

यता नारायणी अस्पतालका फिजिसियन डाक्टर राकेश तिवारी सङ्ग दर मा के खाने र के नखाने सोधेकोमा वहाका अनुसार
तीजको दरमा के खाने ?
– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन,
–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,
–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,
–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,
–दरसँग अल्कोहल पीउनु हुँदैन ।

तीजको दरमा के नखाने ?

धेरै नखाने: नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो ।

खाए पनि शरीरलाई असर नपुग्ने गरी खानुपर्छ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्ने बताए । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा नखान सुझाव दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर