सिरहा । सिरहा प्रहरीले ७५ लाख भन्दा बढीको भन्सार छली ल्याइएको औषधि बरामद गरेको छ । लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा भारतबाट ल्याइँदै गर्दा औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ कार्टुन बरामद भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
बरामद गरिएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर