सिरहा । सिरहा प्रहरी ले विभिन्न मुद्दाका तीन फरार प्रतिवादी लाई पक्राउ गरेको छ ।
प्रहरीले लागु औषध मुद्धामा फरार रहेको प्रतिवादी सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष २६ को संजय कुमार यादव लाई पक्राउ गरेको हो । अदालतले उनलाई लागु औषध मुद्धामा अदालत ले २०६५ साल कार्तिक २८ ग्जते एक वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो । प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
त्यस्तै प्रहरी ले भ्रष्टाचार मुद्धामा फरार रहेका लहान नगरपालिका वडा नम्बर २० हरीनगर बस्ने बर्ष ५८ को चन्देश्वर ठाकुरलाई पक्राउ गरेको छ । अदालत ले उनलाई २०७३ साल माघ ७ गते १ वर्ष ६ महिना २० दिन कैद र ७ लाख ५५ हजर १ सय ६५ जरिवाना तोकेको थियो ।
ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको प्रहरी टोलीले उनलाई शनिवात पक्राउ गरेको हो ।
त्यस्तै कुटपिट मुद्धामा फरार रहेका भगवानपुर गाउँपालिका ४ बस्ने बर्ष २९ को सुर्य भन्ने सुरज यादवलाई प्रहरीले पक्राउ गरेको छ । अदालत ले उनलाई २०७५ साल माघ १८ गते २ वर्ष कैद सजाय तोकेको थियो । भगवानपुर गाउँपालिका वडा नम्बर ३ स्थितबाट प्रहरी चौकी ठाडी बाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो ।