कलैया । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखाले बारा सदरमुकाम कलैयामा आव २०७७/०७८ मा राम्रो गरि बिमा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ।

होटल करण राज पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा क्लब मेम्बर एवम बिएम हरुलाई सम्मन गरिएको कम्पनिका सिमरौनगढ शाखा ईन्चार्ज सियाराम गुप्ताले बताउनुभयो । कम्पनीले सोही अवसरमा कम्पनीमा आबद्ध रहेका सबै महिला अभिकर्ताहरुको हौसला बढाउन नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा तिज विशेष कार्यक्रम समेत आयोजना गरेको कलैया शाखा प्रमुख सोनालाल सहनिले बताए ।

सहनिले आफुहरु अन्य कम्पनी भन्दा राम्रो काम गर्दै जान विभिन्न खालका तालिम सेमिनारको समेत आयोजना छिटै गर्ने बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनिका प्रदेश २ प्रमुख रामरुप सहनिले अभिकर्ताका हक हित का लागि आफुले कहिल्यै कुनै कसर बाकी नराख्ने बताउदै कम्पनिले आवस्यक सबै किसिमका कुराको पुर्ती गर्ने र अभिकर्तालाई खुशी बनाउदै बिमितका लागि सबै भन्दा सरल र सहज पहुचको बाताबरण बनाउने बताउनु भयो ।

कार्यक्रममा कम्पनिका अभिकर्ताहरु बिजय साह तेली,पुष्प राज खतिवडा,पुनम कुमारी,मिना चौधरी,बिमला तामाङ्ग,जिक्रुल्लाह अन्सारी,नासिर अन्सारी,बिरेन्द्र बिश्वकर्मा,लिला लामा,बलिराम यादब,ललन सिंह,राजु साह,अजिता यादब,जगत प्रसाद यादव ,रामानन्द पटेल,राजकुमार यादव ,सोनु सिंह लगायतकालाई सम्मान सहित खादा र सम्मान पत्रले सम्मानित गरिएको कलैया शाखाका लेखा प्रमुख अबिनाश झाले बताए ।

उक्त अवसरमा कम्पनिका कर्मचारीहरु चन्देश्वर यादब,बिनोद सहनी,जयप्रकाश कुश्वाहा सहित ५० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर