कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा रहेको मदर्शा ईस्लामियाको भवन निर्माण सम्पन्न भएपछी एक कार्यक्रमका बिच नगर प्रमुख राजेश राय यादवले उदघाटन गरेका छन ।

वडा स्तरिय बजेट बाट रु ७ लाख र नगर बाट ९ लाख तथा जन श्रमदानको रु ३ लाख २० हजारको सहयोगमा गरि जम्मा १९ लाख २० हजारको लागतमा सो मदर्शा भवन निर्माण भएको वडा अध्यक्ष महमद ईमामुदिनले बताउनुभयो । ईमामुदिनले बसतपुरमा कमि देखिएको भौतिक संरचनाको निर्माणमा गरेको सहयोगका लागि कलैया उपमहानगरका मेयर यादबलाई धन्यबाद ब्यक्त गरे ।

ईमामुदिनले यो बर्ष १० लाख दिने र बाकी रहेको संरचना बनाउने घोषणा गरे । उक्त मदर्शाको होस्टेलमा ४५ जना बिपन्न बिद्यार्थी बसेर पढ्ने गरेको र सो मदर्शामा गाउका गरि कुल २ सय ५० जना बिद्यार्थी पढ्ने गरेकोले भौतिक पुर्वाधारको कमि भएकोले आफुले सो मदर्शामा कक्षाकोठा निर्माणका लागि बजेट उपलब्ध गराएको नगर प्रमुख राजेश राय यादवले बताउनु भयो । यादबले यस मदर्शाको निर्माण पछि बसतपुर सहित वरपरका धेरै मुस्लिम बिद्यार्थीले सहज रुपमा शिक्षा आर्जन गर्ने बताए । यादबले आफुले गाउँ गाउमा शिक्षाको बिकास चाहेको र त्यसका लागि आवस्यक लगानीका लागि उपमहानगरपालिका कमि नगर्ने बताउदै शिक्षा स्वास्थ्य र यातायातका निमित आफुले मुहिम नै चलाएको बताए ।

अस्वस्थ राजनितीले शिक्षा र स्वास्थ्य बिकासमा आफुले गर्न चाहे जति काम गर्न नसके पनि जनताको अपेक्षा र भावना अनुसार गरेरै छाड्ने बताएका छन । मेयर यादबले वडाबाट छुट्याइएको रकम यदि अपुग भए अपुग रकम उपमहानगरपालिकाको नगर स्तरिय बजेट बाट दिने प्रतिबद्धता जनाएका छन ।

सोही अवसरमा नगर उप-प्रमुख रहिमा खातुनले मदर्शा भवन निर्माण पश्चात् स्थानिय महिला र बालबालिकाहरु समेत शिक्षा प्राप्त गर्न लाभान्वित हुने बताईन । उक्त अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य जयनारायण यादब,उपभोक्ता समिती सचिव बिगु अन्सारी,कोषाध्यक्ष रोजिदिन खातुन,ओभरसियर चन्द्रशेखर कुश्वाहा,समाजसेवी नाजिर अन्सारी,आदिल अन्सारी,सचिव खेदु अन्सारी,उपमहानगरपालिकाको सुपरिवेक्षक निभेश यादव,मुम्ताज अन्सारी,चन्दन ठाकुर,समाजसेवी हारुण अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर