कलैया । आउने सन्ततिलाई स्वच्छ हावामा स्वास लिन सबैले इमान्दार भएर वनजङ्गल बचाउनुपर्नेमा बिश्रामपुर गाउपालिकाका अध्यक्ष अमिरिलाल पालले जोड दिनुभएको छ ।

“व्यवसायिक र सिर्जनशील प्रशासनः विकाश, समृद्धि र सुशासन” नाराका साथ मंगलवार मनाइएको निजामति सेवा दिवस २०७८ को अवसरमा बिश्रामपुर गाउँपालिकामा वृक्षारोपण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष अमिरिलाल पालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सातोमाई मन्दिरको प्राङ्गणमा सरसफाई कार्यक्रम गरी वृक्षारोपण गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अलि अकबर हुसेनले बताउनुभयो । हुसेनले १ हजार विभिन्न प्रजातिका बिरुवा लगाईएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पालले आजको प्रदूशित वातावरणलाई स्वच्छ र सफा राख्न सबै नागरिकले बिरुवा रोपेर संरक्षण गर्नुपर्ने बताउनुभयो । वडा सचिव लक्ष्मी साह तेलीलाई उत्कृष्ट काम गरे बापत खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको भब्य उपस्तिथिमा निजामति सेवा दिवस मनाईएको हो । कार्यक्रममा स्वागत मन्तब्य प्रशासन शाखाका प्रमुख गुलाब मेहताले राख्नुभएको थियो भने सञ्चालन सुभाष गुप्ताले गर्नुभएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर