वीरगञ्ज । वीरगञ्जमा उत्पतिको प्रमाणपत्र सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भन्सार विभागको सहकार्यमा वीरगञ्ज उद्योग वाणिज्य संघको सभा कक्षमा तालिमको आयोजना गरेको थियो ।

नेपाल सरकारको भन्सार विभागले उत्पतिको प्रमाणपत्र (सर्टिफिकेट अफओरिजिन) लाई सिङ्गल विन्डो सिस्टममार्फत अनलाई इन्ट्री गर्ने पहल थालेपछि त्यसको प्रक्रिया र जानकारी सम्बन्धमा तालिमको आयोजना गरिएको हो ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योग वाणिज्य संघहरुलाई अब देखि अनलाईन मार्फत् जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य संघहरुको भूमिका सम्बन्धमा प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । स्थलगत रुपमै निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य संघका सचिवालयका कर्मचारीहरुलाई अनलाईन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भंसार विभागका प्राविधिज्ञ र नेपाल उद्योग वाणिज्य महासंघका प्राविधिक सम्मिलित टोलीले तालिम एवम् प्रशिक्षण दिएका थिए ।

यस अघि वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार विभागका उपमहानिर्देशक श्याम प्रसाद भण्डारी, निर्देशक सूर्य प्रसाद सेढाई तथा वीरगञ्ज भन्सारका मुख्य भन्सार प्रशासक विश्व प्रकाश अर्यालसँग संघकै कार्यकक्षमा भंसार लगायत व्यापार सहजीकरण र अनलाईन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा अन्तरक्रिया गरेको थियो ।

उक्तकार्यक्रममा संघका अध्यक्ष सुबोध कुमार गुप्ताले अनलाईन सिओ जारी गर्ने गरी भन्सार विभागले थालेको अभियानलाई सफलीभूत बनाउन वीरगञ्ज उद्योग वाणिज्य संघ अग्रगामी भूमिकामा रहने बताउँदै दुई दिवसीय तालिमले उद्योग वाणिज्य संघका कर्मचारी र निर्यात कर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम एवम् प्रशिक्षणको आयोजना हुनुपर्ने बताएका थिए ।

कार्य सम्पादनमा लागत तथा झन्झट र सरकार तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट नरहने अवस्थालाई निरुपण गर्न यो अनलाईन सिङ्गल विन्डो सिस्टमले कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने सहभागीहरुको विश्वास थियो । सेवाग्राहीले पनि आफ्नो काम सहजतापूर्वक कम समय र कम लागतमा सम्पादन गर्ने भएकोले यसको महत्व र उपयोगिता आजको परिवर्तित समयमा बढेर गएको धारणा वक्ताहरुको थियो ।

पर्सा–बाराका गरी २० जनाको सहभागिता रहेको उक्त तालिम धनबहादुर प्रजापति, मिलापश्रेष्ठ, अरुण पौडेल, ईश्वरकुमार सिंह, अर्जुन श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासन प्रमुख मनोज उपाध्यायले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर