कलैया । नेपाली काङ्ग्रेसको हुन लागेको महाधिवेशनमा मुस्लिम प्रतिनिधित्व सुनिस्चितताका लागि काङ्ग्रेस पार्टी कार्यालय कलैया बारा अगाडी धर्ना शुरु भएको छ ।
नेपाल मुस्लिम सङ्घ बारा को अगुवाईमा धर्ना शुरु भएको हो ।उक्त धर्ना कार्यक्रममा ने.वि.संघ सहित पार्टीका अन्य बिभागमा रहेका मुस्लिम नेताहरु धर्नामा बसेका छन ।
प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मुस्लिम महाधिवेशन प्रतिनिधिको सुनिश्चितता लगायत सम्पुर्ण तहमा मुस्लिम समावेशी प्रतिनिधित्वको लागि माग गर्दै धर्ना शुरु गरिएको छ ।
काङ्ग्रेस मुस्लिम बिभाग प्रमुख एवम काङ्ग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फर्मुल्लाह मन्सूरको अगुवाईमा केन्द्रिय पार्टी कार्यालय सानेपा अगाडि धर्ना शुरु भए यता देशभर काङ्ग्रेस पार्टी कार्यालय अगाडि सो माग राखी धर्ना शुरु गरिएको मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य एवम काङ्ग्रेस नेता अफरोज आलम अन्सारीले बताउनु भयो ।
अन्सारी सहितका मुस्लिम नेताहरुले काङ्ग्रेस बाराका सभापति जय चन्द्र प्रसाद चौरसिया मार्फत केन्द्रिय सभापति लाई ज्ञापन पत्र बुझाएका छन ।