कलैया । बारा मा सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको आधाभार जंगल स्थित काकडभिटा बाट नारायणघाट तर्फ जादै गरेको ना.६.ख.५०६ न.को बसले सडकको लेन बढी च्याप्दा बिपरित दिशा काठमाडौँ बाट सिम्रौनगढ आउँदै गरेको ना.८.ख.४४०६ न.को बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टदा दुर्घटना भएको हो ।
दुर्घटना मा परि बसमा सवार ३२ जना मध्ये ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो । घाइते मध्ये ४ को अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेकोे छ ।
घाइते हुने मा पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने ६० को जगदिश मुखिया , सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ३० को देवाल प्रसाद यादव , कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहर बस्ने बर्ष ५० हरिन्द्र सहनी , पटरहटि बस्ने बर्ष ४२ को जलेश्वर सहनी ,
सिम्रौनगण नगरपालिका बस्ने बर्ष ४० की मैरुनेशा खातुन ,पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ३० की पुनम मुखिया , सोही ठाउँ बस्ने बर्ष १८ को बिकाश कुमार यादव , सिम्रौनगढ नगरपालिका ४ बस्ने बर्ष ३० को अजय यादव , सोही ठाउँ बस्ने बर्ष ३० को संजित प्रसाद यादव रहेका छन् । घाइते सबै को उपचार नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा भैरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।