कलैया । बारामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।जिल्लाभित्र  हुने  धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले  चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रशासन कार्यालय बारा का प्रमुख (प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले सूचना जारी गर्दै उक्त सिस्टम जिल्ला भित्र प्रतिबन्ध लगाइएको बताउनु भयो ।

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो  स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

उक्त आदेशको बिपरित गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै  प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

तर यस भन्दा अगाडि पनि जिल्ला प्रशासन कार्यालय सहित विभिन्न स्थानीय तह ले प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी ब्यवहारमा देखिएको छैन । स्थानीय तह ले सूचना मात्र प्रकाशन गर्ने तर नियमित अनुगमन नगर्ने गरेको स्थानीय नागरिक ले गुनासो गरेका छन् । यस सम्बन्ध मा जिल्ला प्रशासन कार्यालय ले नियमन कस्तो गर्ला हेर्न बाकि छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर