रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न भएको छ ।

बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीको बृहत भेलाका महिला वडा कमिटीका अध्यक्ष हसिना खातुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि नगर उपप्रमुख नुरजाहा खातुन, बिशिष्ट अतिथि समाजसेवी तथा चर्चित यूवा एवं नेकपा माओवादी केन्द्रका नेता नसरूदिन अंसारी, अतिथि वडा सदस्य हफिज मियां, वडा कमिटी सदस्य मनोज साह, नेता रामप्रवेश बैठा, वडा कमिटी सचिव संजय यादव, हरिशंकर दास, सदस्य संतोष यादव, लगायात दर्जनौं महिलाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला बाट २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा कमिटीका अध्यक्ष हसिमा खातुन, सचिव जिरमत देवी, मनजु देवी, लगायात २९ सदस्यीय समिति चयन गरिएको हो । नेकपा माओवादी केन्द्रका मुस्लिम वडा कमिटी समिति गठन गरिएको हो । मुस्लिम वडा कमिटीका अध्यक्ष समिना खातुनको अध्यक्षतामा २९ सदस्यीय सचिव खैरून नेसा लगायत समिति चयन गरिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर