
रौतहट । रौतहटमा पोखरी मा डुबेर दुई जना को मृत्यु भएको छ । जिल्लाको देवाहीगोनाही नगरपालिकाको वडा न ७ मा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको हो ।
पोखरीमा घोंघी टिप्ने क्रममा देवाही गोनाही न.पा.७ स्थित फतेपुर देखि गोनाही जाने बाटोमा रहेको जगरनाथ राय यादवको निर्माणाधिन पोखरीमा दुवै जना युवतीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनु भयो ।
मृत्यु हुनेमा कटहरिया नगरपालिकाको वडा नं ६ बस्ने रामकलेश महतोको बर्ष १० को छोरी निशु कुश्वाहा र वृन्दाबन नगरपालिकाको वडा न २ बस्ने जंग बहादुर पटेलको छोरी बर्ष १४ की मुस्कान कुमारीको पोखरीमा घोंघी टिप्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय गरुडा बाट SOCO सहितको प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीय मानिसहरुको सहयोगमा शव पोखरीबाट बाहिर निकालेर शवको जांच मुचुल्का गरेर पोस्टम्यार्तमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको छ ।
घट्ना बारे ठप्प अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।