कलैया । बारा जिल्लाको प्रथम सुरक्षित खानेपानी युक्त समुदाय बसतपुरलाई धोषणा गरिएको छ । प्रदेश २ को दोस्रो र बारा जिल्लाको प्रथम सुरक्षित खानेपानी युक्त समुदायको रुपमा कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरलाई घोषणा गरिएको जनजागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादबले जानकारी गराएका छन् ।
शनिवार एक कार्यक्रमकाबीच खानेपानी युक्त समुदाय घोषणा तथा बसतपुर खानेपानी तथा सरसफाइ योजनाको समुदघाटन समारोह समपन्न भएको हो । बसतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति कलैया उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष रामअयोध्या महराको सभा अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का कृषि तथा सिचाई मन्त्री माननीय ओम प्रकाश शर्माको रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथि कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका निमित्त डिभिजन प्रमुख रबिन्द्र देवको रहेको थियो ।

कार्यक्रमको अतिथिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका सरसफाई प्राविधिक बिरेन्द्र प्रसाद पडित, कलैया उपमहानगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख मुस्ताक अन्सारी, कलैया उपमहानगरपालिकाको वास फोकलपर्शन राजजी मण्डल, कलैया उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष महम्द ईमामुदिन ठकुराई, वडा नम्बर १० का वडा अध्यक्ष शंकर प्रसाद गुप्ता, वडा नम्बर १२ का वडा अध्यक्ष राजेशवर प्रसाद केशरी, वडा नम्बर १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मीको रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर