
वीरगञ्ज । वीरगञ्जको मुर्ली पोखरीमा डुबेर शनिवार साँझ २ जना बालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नंं १२ मुर्लीका स्थानिय दिनेश साहको १७ वर्षिया छोरा मुन्ना साह र उमेश साहको १२ वर्षिया छोरा प्रितम साहको ज्यान गएको तराई अस्पताल वीरगञ्जले जनाएको छ ।
साँझपख पोखरी नजिक खेली रहेको समयमा ती स्कुले बालकहरु डुबेर बेप्ता भएको र उनिहरुको अबेर रात सम्म खोजी भएको थियो । राति करिब १० बजे बच्चा फेला परेपछि तराई अस्पालमा लगिएको थियो । अहिले शवलाई पोष्टर्माटमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ ।