वीरगन्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शहिदहरुमो प्रतिमामा माल्यार्पण गरेका छन् ।

२०६२/६३ र २०७२ सालको मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिदको शालिकमा माल्र्याण गर्दै मुख्यमन्त्री राउतले सबैले दिपावलीको रुपमा मनाउने अवस्था नआउँदासम्म संघर्ष जारी रहने बताएका छन् । विशेष गरी उत्पीडनमा परेका समुदायले संविधानप्रति अपनत्वको आभाष नगर्दासम्म सविधान दिवसलाई कालो दिनको रुपमा मनाउने राउतको भनाई छ ।
जनता समाजवादी पार्टीले प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्‍म संविधान संशोधनको एजेण्डालाई निरन्तरता दिने अडान राखेका छन् ।

माल्यार्पण कार्यक्रममा मुख्यमन्त्ती राउतसँगै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव, प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिति रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

असोज ३ गते संविधान जारी भएको दिन वीरगञ्जमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मुन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर