कलैया । राष्ट्रिय बाल दिवसको अवसरमा वल्ड भिजन इन्टरनेशनलको सहयोगमा र कन्सोर्टियम नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा कोभिड हिरोज्को रूपमा आठ बालबालिका सम्मान हुने भएका छन् । बालबालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा गरेको योगदानको कदर गर्दै देश भरीका बालबालिका मध्ये मूल्यांकन गरी पुरस्कारबाट सम्मान गरिएको हो ।
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाहले कोभिडमा रक्तदान कार्यक्रम कोभिड विरुद्धको खोप कार्यक्रममा स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए, मास्क तथा अन्तराष्ट्रिय हात धुने दिवसमा सहकार्य गरेका थिए र समाचार संवाददाता भएकाले कोभिड सम्बन्धी जानकारी लिन खटेका थिए ।
त्यस्तैमा धनकुटा जिल्लाका समग्र राष्ट्रिय किशोरी सञ्जालका सदस्य अनिशा रूचल, बझाङका विजयराज जोशी, काभ्रेका गंगा गौतम, धनकुटामा रवि पौडेल, नवलपुरका रेजिना मगर, सिन्धुलीका स्वस्तिक बख्रेल र उदयपुरमा मानिस कार्कीका लगायतले कोभिड हिरोजको रुपम सम्मान सहित पुरस्कार पाउने भएका छन् ।