कलैया । कलैया उपमहानगरपालिका अन्र्तगत अस्पताल रोडमा नर्भिक हेल्थ पोली क्लिनिकसगैँ तारा फार्मेसीको एक कार्यक्रमकाबीच कलैयाका उपमहानगरपालिकाका मेयर राजेश राय यादवले उद्घाटन गरेका छन् ।
अस्पताल रोडमा सञ्चालनमा आएको क्लिनिकले कलैयाका आम जनताले स्वास्थ्य सेवा पाउनेमा आफू बिश्वस्त रहेको नगरप्रमुख यादवले बताएका छन् । बढ्दो स्वास्थ्य सेवाको माग र सहज बिरामीको पहुँचका लागि क्लिनिक र फार्मेसी सहज हुने यादवले बताए ।
क्लिनिक सञ्चालक सुरेश गुप्ताले आफूहरुले हरेक रोगको उपचारको लागि डाक्टरको व्यवस्थापन गरेर सहज सेवा दिने बताए । तारा फार्मेसी तथा नर्भिक हेल्थ पोली क्लिनिकबाट डिजिटल एक्स रे र इसिजीको सेवा समेत उपलब्ध हुने रुपेश गुप्ताले बताए । पैथोलोजी, रेडियोलोजी, तथा विभिन्न रोगकाका डाक्टरबाट निरन्तर सेवा दिईने समेत गुप्ताले बताएका छन् ।
पछिल्लो समयमा कलैयाको स्वास्थ्य सेवामा विस्तार हुदैँ आएको छ । गुणस्तरीय स्वास्थ्य उपचार सेवा अब कलैयामा नै पाउन थालिएको छ ।