कलैया । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी घुससहित अख्तियारको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको मन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित पक्राउ गरको हो ।

एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई सोमवार साझ पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताउनु भयो ।पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर