कलैया । वीरगञ्ज बाट ६० लाख मुल्यको भन्सार छली का समान र ट्रक सहित ट्रक चालक पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लाल बङ्गला अगाडिबाट ना.रख ९७३७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको र चेकजाँच गर्दा ट्रकमा बिलबिजक नभएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
मेडिकल सामान र खुद्रा सामानहरू जनकपुर लग्ने क्रममा सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

प्रहरी ले ट्रक चालक लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का परमानन्द प्रसाद कुर्मी रहेका छन् ।

ट्रक र सामानको मूल्य ६० लाख निर्धारण गरिएको र बरामद सामान , ट्रक तथा कुर्मी लाई आवश्यक कारवाईको लागि राजस्व अनुसन्धान पथलैयामा बुझाएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर