रौतहट । कटुवा पेस्तोल र गोलीसहित एकजनालाई प्रहरी ले रौतहट बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो उनलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोलीसहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।