
साजिर मन्सुर , कलैया । प्रसौनी गाउपालिकाले निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको मितिको सम्झनामा आज चौथो बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले एतिहासिक छण लाई सम्झना गर्दै बार्षिकोत्सव मनाउदा जनप्रतिनिधिलाई जनता सङ्ग गरेको वचन सम्झना आउने र जनमैत्री काम तथा बिकास निर्माण गर्न थप हौसल्ला मिल्ने बिश्वासका साथ यो कार्यक्रम मनाइएको बताए । जनता सङ्ग गरिएको विभिन्न खालका बाचाहरु पूरा गर्न यस्तो कार्यक्रमले सहयोग गर्ने र यादहरु ताजा भएको गाउपालिका उपाध्यक्ष गिता साह ले बताईन ।
सोही कार्यक्रमको अवसर पारेर गाउपालिकाले नगर भित्रका सबै चार्टर्ड एकाउन्टेन्ट लाई सम्मानित गरेको छ। नगरका ४ जना चार्टर्ड एकाउन्टेन्ट लाई कदर पत्र सहित सम्मनित गरिएको गाउपालिकाका लेखा अधिकृत प्रेमबाबू प्रसादले बताए । गाउपालिका भित्र रहेका बिशिस्ट पदमा पुगेका ब्यक्तिहरुलाई समेत क्रमशः कदर पत्र सहित सम्मानित गर्दै जाने योजना रहेको गाउपालिका अध्यक्ष गुप्ताले बताए ।
नगर भित्रका चार जना होनहार चार्टर्ड एकाउन्टेन्ट वडा नम्बर ४ का अरसद अन्सारी,१ का राजेश्वर प्रसाद गोश्वामी,३ का सन्जिव तिवारी र ५ का नारायण प्रसाद साहलाई कदर पत्र सहित सम्मानित गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष आनन्द गुप्ताले बताए । सोही अवसरमा बारामा भर्खरै सरुवा भएर आएका नया प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई प्रसौनी गाउपालिकाले स्वागत गरेको छ ।
प्रजिअ कटुवालको स्वागत गर्दै गाउपालिका परिवारको तर्फबाट वहाको सफल कार्यकालको सुभकामना समेत व्यक्त गरेको गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार साहले बताएका छन । प्रजिअ कटुवाल सम्मनित हुँदै आफू बारामा रहुन्जेल बारा बासिको लागि सम्झिन लायकको काम गरेर देखाउने बताउदै सम्मान का लागि गाउपालिका सहित जिल्ला बासिलाई धन्यवाद ब्यक्त गरे ।
उक्त अवसरमा गाउपालिकाका वडा नम्बर २ का अध्यक्ष सुरेश साह,३ का अध्यक्ष बैजु गुप्ता लगायत कार्यपालिका सदस्य,गाउपालिका को गाउँ सभा सदस्य तथा गाउपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उपाध्यक्ष साहले स्वागत गरेको कार्यक्रमको सन्चालन निमित प्रमुख प्रशासकिय अधिकृत सुरेश साहले गरेका थिए ।