बारामा पोखरीमा नुहाउने क्रममा ६ वर्षीय बालिका को मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ढाटटोल बस्ने जितन मुखियाको छोरी अन्दाजीबर्ष ६ कि सुमन कुमारी रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो । बुधवार बेलुका ५:३० बजेको समयमा सुमन आफ्नो आमा संगै तथा अन्य महिलाहरुको समुह जितिया पर्वको उपल्क्षयमा स्थानीय हेमचन्द्र कलवारको पोखरीमा नुहाउने क्रममा मृत्यु भएको हो ।

उनी नुहाउने क्रममा पोखरीमा डुबी पानी खादा बेहोस भएको थिइन । त्यस पश्चात बालिका कि आमाले तत्कालै उपचारको लागी नगर अस्पताल सिम्रौनगढमा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।
हाल मृतकको लास नगर अस्पताल सिम्रौनगढमा रहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर