
कलैया ।कलैया उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय अगाडि बिहिवार आधा दर्जन भन्दा बढी सेवाग्राही बसिरहेका थिए । उनिहरु के काम को लागी वडा कार्यालय अगाडि बसि रहेको प्रश्न मा एक सेवाग्राही ले आफ्नो नाम न लेख्ने सर्त मा भने , “हामी एक घण्टा देखि वडा कार्यालय मा सिफारिस को लागी बसेका छौ । तर वडा कार्यालय मा ताल्चा लागेको छ । हामीले फेरि प्रश्न गर्यौ कति घण्टा सम्म र किन बन्द छ ? अर्का एक सेवाग्राही ले भने वडा कार्यालय का कर्मचारी खाजा खान गएका छन् । कार्यालय नै बन्द गरेर खाजा खान जानु कति को उचित हो त्यो आफै मुल्यांकन गर्नु पर्ने हो ? काम नभए पनि कलैया उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयमा दिउँसो सेवाग्राहीको बाक्लै भीड थियो। कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जयसवाल र वडा सचिव रामनरेश साह सहित अन्य कुनै पनि कर्मचारी कार्यालय मा नहुनु र १ बजे नै वडा कार्यालय बन्द रहनु संविधान विपरीत कार्य हो । सेवाग्राही को दुखेसो कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव लाई सम्पर्क गर्दा उनले कार्यालय बन्द हुनु हुँदैन , त्यो नितान्त नैतिकता बिपरित कार्य हो । यस सम्बन्ध मा आफु बुझ्ने प्रतिक्रिया दिएका छन् ।