साजिर मन्सूर ,कलैया । शैक्षिक रुपान्तरणका लागि शिक्षक भन्ने नाराका साथ बारा सदरमुकाम कलैयामा शिक्षक ब्यवस्थापनमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्री सिदेस्वर संस्कृत माबी कलैयाको तालिम हलमा आयोजित कार्यक्रमलाई एनसिई नेपाल जिल्ला समन्वय समिती बाराको आयोजनामा गरिएको कार्यक्रमलाई सम्पन्न गर्न गढिमाई युनेस्को क्लब बाराले सहकार्य गरेको थियो ।

एनसिई नेपाल बाराको कोषाध्यक्ष निभा सिंहको अध्यक्षता तथा सिदेस्वर संस्कृत माबी का प्रधानाध्यापक छबिरमण सुबेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा कलैयाका प्रमुख प्रल्हाद बर्णवाल, महिला सन्जाल बाराको अध्यक्ष बबिता जैस्वाल,नेपाल स्काउटका भरत साह,मन्जु सुवेदी,जेजे बाईसी बाराका कार्यकारी निर्देशक श्री निवास बैठा,एनसिई का सदस्य डा.मुन्ना कुश्वाहा,महिला अधिकारकर्मी किस्मती राम,शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन एनसिई का सदस्य अरबिन्द यादबले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर