
कलैया । प्रमुख प्रशासकिय अधिकृत ( उपसचिव ) नाथु साहले हाजिर भएको एक घण्टा नबित्दै कलैया उपमहानगरपालिका को प्राबिधिक शाखा अन्तरगतका सबै कर्मचारीको क्लास लिन शुरु गरेका छन ।
साहले बाराको सब भन्दा पुरानो नगरपालिका भएपनी अपेक्षा अनुसारको भौतिक काममा तिब्रता नभएको सेवाग्राहीहरुको गुनासो आएकाले सो मा आफ्नो ध्यानाकर्षण भएको र सोही बिषयमा आवस्यक छलफलका लागि बैठक बसेर काममा कुनै प्रकारको ढिला सुस्ती नहोस भनेर निर्देशन गरिएको बताएका छन ।
नगरका जनप्रतिनिधिले चुनावका बेला जनता संग गरेको वाचा पूरा गर्न कर्मचारी तन्त्रले ईमान्दार भएर काम गर्नुपर्ने बताउदै साहले हामी सबै कर्मचारीले जनताको आवस्यकता पूरा हुने गरि तयार गरिने नीति कार्यक्रमलाई कार्यान्वयन गराउन कन्जुस्याइँ गर्न नहुने बताएका छन । साहले अब स्थानिय तहको चुनाव हुन एक बर्ष जति बाकी रहेकोले सम्पुर्ण जनताको प्रत्यक्ष लाफ हुने योजना पूरा हुने गरि काम थाल्न निर्देशन दिएका छन ।
साहले प्राबिधिक शाखाको क्लास पछि शिक्षा शाखा त्यसपछि क्रमशः सबै शाखाको बैठक थाल्ने बताएका छन । नगर प्रमुख उप प्रमुख लाई समेत सो छलफलमा सहभागी हुन आग्रह गरेर बैठक बसाइएको साहले बताए । नगर प्रमुख राजेश राय यादबले समेत आउने बितिकै समयको ख्याल नगरी उपमहानगरपालिकाको बिकासका काममा लागेको देखेर खुशी लागेको बताएका छन ।
उपप्रमुख रहिमा खातुन समेत यसरी कुनै पनि कामका लागि सबै बिषयगत कर्मचारी तथा नगर प्रमुख उपप्रमुख सहित बैठक राखेर कुनै पनि हाकिमले काम नगरेको सम्झदै शुरुवात नै राम्रो गरि भएको प्रतिक्रिया दिएकी छन । स्मरण रहोस कलैया उपमहानगरको प्रमुख प्रशासकिय अधिकृत को रुपमा हाल सम्म सब भन्दा बढी पटक रहेको रेकर्ड साह सङ्गै छ ।