बारा । बारा मा सवारी दुर्घटना मा परी एक जना को मृत्यु भएको छ ।कोल्हबी नगरपालिका वडा नम्बर २ ब्रहमस्थान नजिकै भित्रि सडक खण्डमा सुनमती चौकबाट पिपरिया तर्फ जादै गरेको ना४१प ७०३७ नम्बर को मोटरसाइकलको ठक्करले पैदलयात्री को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो । कोल्हबी नगरपालिका वडा नम्बर २ हनुमानगंज बस्ने ७० वर्ष की गोमा देबी भुजेल(गौतम) मृत्यु भएको हो ।


उनको दुर्घटना मा परी घाइते हुँदा कोल्हवी बजार स्थित जननायक हस्पिटलमा लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंज स्थित बयोधा हस्पिटल मा उनलाई लगिएको थियो । अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।
प्रहरी ले मोटरसाइकल चालक रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष १४ को तपरेज देवरलाई नियन्त्रंणमा लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार