
हटलाईन डेस्क
कलैया,असोज २८
नेकपा एमालेका प्रदेश अध्यक्ष ज्वाला साहले एमाले भित्र कायम आपसी सद्भाव बिगार्न खोजेको एमाले प्रदेश सदस्य जितेन्द्र तिवारीले आरोप लगाएका छन । भारतको राजधानी दिल्लिमा स्वास्थ्य उपचार गराईरहेका तिवारिले समाजिक सन्जाल मार्फत ज्वाला साहले जातिय राजनीति एमालेमा प्रवेश गराउन प्रयासरत रहेको बताएका छन । साहका कारण एमाले पार्टीको छवि खराव भैइरहेको र त्यसका निमित साहले षड्यन्त्रमा लागेकी तिवारिले आरोप लगाएका छन । एमाले संगठनको बारेमा अल्पज्ञान भएको साहलाई महत्त्वपूर्ण जिम्मेवारी दिदा एमालेले प्राप्त गरेका सबै उपलब्धि गुम्ने खतरा रहेको तिवारिले बताएका छन । साहको गैर राजनीतिक चरित्र तथा लोभी मानसिकताका कारण प्रदेश २ मा नै एमालेमा भ्रष्टाचारी,तस्कर तथा अपराधिक मानसिकताका ब्यक्तीहरु पार्टीमा हावी हुन पुगेका कारण प्रदेश कमिटी सदस्यबाट राजीनामा समेत गरेको बताएका छन । तिवारीले यस्ता रवैया का कारण असोज ३० गते धेरै जिल्ला कमिटीका दर्जनौ सदस्य तथा प्रदेश कमिटीका सदस्य एमाले पार्टी परित्यागको घोषणा गर्ने बताएका छन । साहले समुदायमा माया स्नेह र सद्भाव कायम गराएको एमाले यस्ता अध्यक्षका कारण हरेक हिसाबले पछाडी पर्दै जाने बताएका छन । ज्वाला साहले समाजिक सन्जालमा समेत प्रदेश सदस्यहरुलाई नाना थरिका अपशब्द प्रयोग गराउने खेलमा लागेको र चरीत्र हत्या गराउनमा लागेको आरोप लगाएका छन । यस्कै कारण ३ जना प्रदेश कमिटी सदस्यहरु रौतहटका गुलाम सरबर शेख,दिलिप साह र बाराबाट आफुले समेत राजिनामा दिएको बताएका छन । अध्यक्ष बनेदेखी आम एमाले कर्तालाई समेत सिध्याउन लागेको कडा आरोप तिवारिले लगाएका छन । बारामा समेत तत्कालिन एमालेका १० जना प्रदेश कमिटी सदस्य मध्ये साहकै जातिय राजनितिका कारण ४ जना मात्र बाकी रहेको बताए । तत्कालीन एमाले प्रदेश कमिटी सदस्यमा बाराका छबिलाल उप्रेती,कल्याणी चौधरी,जितेन्द्र तिवारी,छठु यादब,बिनोद साह,सुरेन्द्र यादब,बिक्रम राम,सुन्दर बिक,सीता गुरुङ र त्रीलोकी चौधरी रहेका थिए । तर हाल ती मध्ये बिनोद साह,त्रीलोकी चौधरी र कल्याणि चौधरी मात्र ज्वाला साह सङ्ग रहेको बाकी माधव नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टीमा लागेको गम्भीर आरोप लगाएका छन । तिवारिले पार्टी नेतृत्व पंक्तिको यस बिषयमा समयमै गम्भीर ध्यानाकर्षण नभए एमाले प्रदेश २ मा अपुरणिय छती ब्योहोर्नुपर्ने बताएका छन ।