कलैया । बारा मा सवारी दुर्घटनामा परी ४ जना को मृत्यु भएको छ ।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भोलहीमा शुक्रबार राति ट्यांकरले ठक्कर दिदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बि.आर. ०६ कयु. ४१४१ भारतीय नम्बरको कारलाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताउनु भयो ।दुर्घटना मा परी गम्भीर घाइते भएका कार चालक राजन सर्राफको उपचारका लागि अस्पताल लैजाने क्रममा र कारमा सवार दुई जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।बि.आर. ०६ कयु. ४१४१ नम्बरको भारतीय कार पुर्णरूपमा नस्ट् भएको छ ।दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको प्रहरी ले जनाएको छ ।त्यस्तै निजगढ नगरपालिका वडा नम्बर ११ मा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। तीन जना सवार प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोक्किदा एक जना को मृत्यु भएको प्रहरी ले जनाएको छ । मृत्यु हुने मा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ बस्ने २४ वर्षीय सोवितलाल यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार अन्य दुई जनाको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702