![](https://bishwasfm.com/wp-content/uploads/2021/10/20211017_134220-scaled.jpg)
साजिर मन्सूर
कलैया,असोज ३१
बारा सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ लाग्ने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ। कलैया स्थित दास गेस्ट हाउसमा द जिनियस डान्स एकेडेमी कलैया ६ ले पत्रकार सम्मेलन गरेर बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ४ अदालत टोलको खाली ठाउमा यहि कार्तिक ११ गते देखि २२ गते सम्म कलैया सस्तो रमाईलो मेलाको आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । ब्याहुतले सो मेलाको लागि सम्बन्धित निकायबाट आवस्यक समन्वय भैइसकेको बताउदै मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भैरहेको बताएका छन । ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाने बताउदै एस्पोन्सर तथा सहयोगी हातहरुको लागि पहल भैरहेको बताए । मेलाले कलैयाको आन्तरिक पर्यटन बिकास सङ्गै ब्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने आयोजकले बिश्वास लिएको छ। आयोजकले स्थानिय सरकार सङ्ग समेत सहयोगका लागि आग्रह गरिएको बताएको छ। आयोजकले समस्त सरोकारवाला लाई मेला सफल गर्न आवस्यक सहयोग का लागि आग्रह गरेको छ । स्थानिय प्रशासनले समेत सहयोग गर्ने गरि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले प्रतिबद्धता जनाएको आयोजकले बताएको छ ।
मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । मेलामा विभिन्न प्रकारका स्टल रहने सङ्गै खेल तमाशा पिङ्ग आदि रहने छ । पत्रकार सम्मेलनमा जिनियस डान्स एकेडेमीको सचिव अर्जुन गुप्ता,जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता,जेसिजका महासचिव पवन कुश्वाहा,गणेश ब्याहुत कलवार,आशिष् कुमार गुप्ता,धर्मेन्द्र यादब,सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।