कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई प्रहरीले बाराको मटिअर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताउनु भयो । पक्राउ परेकी महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो ।
बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।