
साजिर मन्सूर
कलैया,कार्तिक १०
´हाम्रो गणना हाम्रो सहभागिता हाम्रो सरोकार`तथा कोहि नछुटौ कोहि न दोहोरिऔ भन्ने नारा सहित रास्ट्रीय जनगणना २०७८ का लागि बारा सदरमुकाम कलैयामा पालिका स्तरिय परामर्श एवम सम्बाद सम्पन्न भएको छ । होटेल बरेवा दरबार एन्ड ब्यान्क्विटको सभा हलमा भएको कार्यक्रममा रास्ट्रीय जनगणनामा हामी कोहि छुट्नु हुन्न भन्ने उदेश्यका साथ सो परामर्श एवम सम्बाद सम्पन्न भएको हो । जनगणनामा वास्तविक तथ्यांक संकलन नभए राज्यले वास्तविक योजना बनाउन नसक्ने र ती समुदाय वा छेत्र पछाडी पर्ने भएकोले सबैले आ आफ्नो वास्तविक सुचना उपलब्ध गराउनु पर्ने नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा बरिस्ठ सहजकर्ता धर्मेन्द्र झाले स्पष्ट पारे । झाले सबैले आफ्नो जानकारी आफैले दिए मात्र सहि सुचना आउने भन्दै अरुको सुचना अरुले हैन आफैले दिनुपर्ने बताए । कुनै पनि छेत्र जातजाति लिङ्ग लगायतका बारेमा सहि तथ्यांक नभए तिनै तहका सरकारले सहि योजना बनाउन नसक्ने र त्यहाको बिकास पनि सम्भव नहुने छलफलमा आएको थियो । खासगरी तराई मधेसका धेरै जसो मानिसले लामो प्रश्नावली देखेर बढी समय लाग्ने भन्दै सहि सुचना नदिने हुनाले समेत पछिल्ला जनगणनामा सहि तथ्यांक नआएको भन्दै त्यसो नगर्न बिज्ञहरुले आग्रह गरेका छन । नेपालमा जनगणना १० /१० बर्षमा हुने ठूलो त्योहार भएकोले सबै ले उत्साह पुर्ण यसम सहभागि हुन सबैले आग्रह गरेका छन ।
यहि कार्तिक २५ गते देखि मङ्सिर ८ गते सम्म गणकहरु प्रत्येक घर धुरिमा गएर तथ्यांक लिने जिल्ला जनगणना कार्यालय बाराको प्रमुख रागिनी कुमारी बर्माले बताईन ।
बर्माले सबै किसिमको तथ्यांक पुर्ण रुपमा गोप्य रहने भएकोले बिना कुनै डर सहि सुचना दिन बर्माले आगग्रह गरिन । सोही कार्यक्रममा बर्माले कुनै किसिमको गोप्य सुचना बाहिर आए तथ्यांक एन २०१५ अनुसार निजलाई कार्वाहै गरिने समेत बताईन । यो बर्षको जनगणनामा १३ भाषामा प्रस्नावली तयार गरिएको सहजकर्ता धर्मेन्द्र झाले जानकारी गराएका छन । झाले कुनै किसिमको जिज्ञासा वा प्रश्न सोध्न टोल फ्री नम्बर ११७८ मा सम्पर्क गरेर सोध्न सकिने र सो मा फोन गर्दा पैसा नलाग्ने बताएका छन । बि स १९६८ बाट नेपालमा जनगणना गर्न थालिएको भन्दै यसले सम्बिधान तया मौलिक हक र अधिकार का लागि नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सहज हुने झाले बताएका छन । कार्यक्रममा ईन्टरनेशनल अलर्टको असिम पाण्डे,यु एन एफ पी ए को सृजना तुलाधर,जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादब,कोषाध्यक्ष सियाराम यादब,संस्थाका कार्यकारी निर्देशक श्रीनिवास बैठा, बाराका विभिन्न अधिकारकर्मी,समाजसेवी,विभिन्न संघसंगठनका प्रतिनिधिहरु गरि ५० जनाको सहभागिता रहेको थियो ।
जनजागरण युवा क्लब जेजेवाईसीको आयोजना,ईन्टरनेशनल अलर्ट को प्राबिधिक सहयोग तथा युएन एफ पिए को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मंगलबार सिरहाको लहान,बाकेको नेपालगन्ज त्यस्तै भोलि पर्साको बिरगंज र रुपन्देहीको लुम्बिनी सान्स्कृतिक गाउपालिका र पर्सि कपिलवस्तु को कपिल्बस्तु नगरपालिकामा यो कार्यक्रम को आयोजना हुने ईन्टरनेशनल अलर्टका कार्यक्रम सम्योजक असिम पाण्डेले बताएका छन ।