रौतहट । सिके राउत नेतृत्वको जनमत पार्टीले पुर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रवार रौतहट जिल्लाको सदरमुकाम गौरमा साइकल चोर मुर्दाबाद, दमनकारी प्रहरी मुर्दाबाद, भ्रस्टचार मुर्दाबाद नारा सहित मसाल जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको सदरमुकाम गौरको बिपी चौंकमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीले निर्धारित कार्यक्रम अनुसार सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीले निकालेको मसाल जुलुसलाई प्रहरीले रोक्न खोज्दा प्रहरी र जनमत पार्टीको कार्यकर्ता बीच झडप समेत भएको छ । झडपमा परेर जनमत पार्टीको दर्जनौ कार्यकर्ता घाईते भएको छ । जनमत पार्टीको मसाल जुलुस प्रदर्शनले गर्दा बिपी चौंक सडक खण्ड ३० मिनेट सम्म अवरुद्ध भएको थियो ।
उक्त मसाल जुलुसमा केन्द्रिय सदस्य ललित मल्लिक सानू,केन्द्रिय सदस्य डा. सुबन्त कुशवहा ,जिल्ला अध्यक्ष रामेस्वर यादव ,जिल्ला सचिव बिकास यादब ,युवा जनमत संघ जिल्ला अध्यक्ष ज्वाला रणवीर ( विवेक )लगाएत दरजनौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।