
कलैया ।बारामा चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने मा बारागढी गाउँपालिका वडा नं. ६ हंगोलिया टोल बस्ने वर्ष ४५ को मेदु प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
जिल्ला को कोल्हबी नगरपालिका वडा नं १ खैरा स्थित स्कुलको प्राङगणमा भलिबल प्रतियोगिता भईरहेको स्थानमा चोरी भएको कालो रंगको १२५ सी.सी को साईन मोटरसाईकल नम्बर परिवर्तन गरी ल्याएको सूचना प्राप्त भए पश्चात् प्रहरी ले उनलाई पक्राउ गर्न सफल भएको हो । उनलाई पक्राउ गरी चोरी मुद्दामा जिल्ला अदालत बारा बाट म्याद थप गरी अनुसनधान कार्य भइरहेको प्रहरी ले जनाएको छ ।