कलैया । भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनु भयो ।
हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको छ ।