रौतहट । रौतहटमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ।
गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवतीको वडा नम्वर बडहर्वामा प्रहरी चौकीमा कार्यरत रहेका ३३ बर्षिय रामनिवास यादवको वागमती नदीको पुलमा सोमवार राति ८.१५ बजेको समयमा मोटरसाइकल दुर्घटना भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र इप्रका पिपरा रजबाडाको टोली घटनास्थलमा पुगेको थियो। इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटनाको प्रकृति वारे आवश्यक अनुसन्धान भईरहेको तथा दुर्घटना परेर मृत्यु भएको प्रहरी जवान यादवको शवलाई गौर अस्पताल पठाइएको बताए ।