साजिर मन्सूर
कलैया , कार्तिक १७
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा युवाहरूको आवाज बुलन्द गर्न तथा एकताको सन्देश दिनको लागि प्रशिक्षण सङ्गै दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं. ४ पर्सा सिटी कलोनीमा रहेको होटेल करण राज प्यालेसको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको छ ।
नेविसंघका निवर्तमान सहमहामन्त्री एवम काङ्ग्रेसका चर्चित युवा नेता राजेश रौनियारको अध्यक्षता एवम पूर्व सांसद रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथी नेकाका राजेन्द्र यादव, नेकाका महासमिति सदस्य रामानन्द यादव, नेकाका जिल्ला सचिव मनोज भट्ट, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, पचरौता नगरपालिकाका प्रत्यासी किशोरी यादव, नेकाका छेत्रीय कोषाध्यक्ष संजित यादव, जन जागरण युवा कल्ब बाराका अध्यक्ष भैयाराम यादव, नेकाका राजेन्द्र चौधरी, नेपाल तरुण दल कोल्हवीका अध्यक्ष संजय चौधरी, नेविसंघका केन्द्रीय नेता अक्तर अंसारी लगायतकाले आशन्न महाधिवेशनमा युवाको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएका छन । युवाको लगानिलाई कसैले पनि बेवास्ता गर्न नमिल्ने धारणा समेत सबैले राख्दै शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा महागढिमाई नगरपालिकाका मेयर यादबले युवाहरुको लागि काङ्ग्रेस सब भन्दा राम्रो प्लेट फर्म बन्नुपर्नेमा जोड दिदै देशको हरेक कालखण्डमा आवस्यकता का बेला युवाले बलिदानी दिएको स्मरण गर्दै काङ्ग्रेसको नेतृत्वमा युवा जोश र जागरको आवस्यकता रहेको औल्याएका छन । सोही कार्यक्रममा सहमहामन्त्री रौनियारले काङ्ग्रेसमा १४ औ महाधिवेशन युवा नेतृत्वको उदयका रुपमा आएको बताउदै युवाहरुले अग्रज नेताको अनुभव र त्यागको सम्मान गर्दै देशलाई अग्रगामी दिशामा डोर्याउन लाग्नुपर्ने बताए ।
सो कार्यक्रममा स्वागत मन्तव्य नेविसंघ बाराका कार्यवाहक अध्यक्ष हरीओम साहले राखेका थिए भने सो कार्यक्रममा स्वागत सहमहामन्त्री रौनियारले गरेका थिए ।