नूर आलम बादशाह, कलैया ।
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ को खेल मैदान बाँतरामा शुक्रवार देखि क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
राम जानकी यूथ क्लब आयोजना आजदेखि शुरू भएको प्रतियोगिताको उद्धघाटन लोसपा केन्द्रीय सदस्य तथा आदर्श कोतवालका लोकप्रिय नेता संजय यादवले गरे। उद्घाटन समाहरोहमा वडा अध्यक्ष धर्मेन्द्र यादवको बिशेष उपस्थिति रहेको थियो। १६ वटा टीम सहभागी रहेको यस प्रतियोगिता लीग को आधारमा ख़िलाइयने छ ।
उद्घाटन खेल कचोर्वा क्रिकेट टीम र बाजोपट्टी टीमबिच भएकोमा कचोर्वा टीमले बिजय हासिल गरेको छ।







